भोजपुर गोल्डकप : खोटाङलाई ट्राइबेकरमा हराउँदै रुपन्देही विजयी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैठौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आइतवार भएको तेश्रो क्वाटर फाइनल खेलमा ट्राइबेकरमा रुपन्देहीले खोटाङको टिमलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

सदरमुकामको स्थानीय टुँडिखेलमा संचालन भएको निर्धारित खेलमा गत बर्षको बिजेता गोर्खा क्वाइज रुपन्देही र भगवती स्पोर्टस क्लव खोटाङ दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा खेलाईएको थियो । गत बर्ष भारतको टिमलाई रुपन्देहीले ५ गोल गर्दे बिजेता बनेको थियो ।

खेल बरावरी भएपछि समय थप नगरी खेलाईएको खेलमा गोर्खा क्वाइज रुपन्देहीका तर्फबाट निशान न्यौपाने, बिकास थुलुङ, सन्तोष, टम्पी र फोफनाले ५ गोल गरेका थिए । भगवती स्पोर्टस क्लव खोटाङका तर्फबाट भने अवदुल्ला, सविन राई, एलेक्स र शरद राईले ४ गोल मात्र गरेका थिए ।

आजको खेलको म्यान अफ द म्याच सहिल्ड भएका छन् ।

सोमवार हुने अन्तिम क्वाटर फाइनल खेल एभिनिर क्यामरुन र बसाहा युथ क्लव उदयपुरका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?