आउँदो चुनावमा एमाले एक्लैले बहुमत सिट जित्न ‘मिसन ग्रासरुट’ अभियान : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

-श्याम घिमिरे

अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखि नेपाली बनाउनकोलागी पार्टीले सांगठनिक अभियान अन्तर्गत ’मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताउनुभएको छ ।

पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण भेलालाई आईतवार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

एमाले अध्यक्ष ओलीले आउँदो निर्वाचनमा एमाले एक्लैले ५१ प्रतिशत भन्दा बढी सिट जित्ने लक्ष्यका साथ ’मिसन ग्रासरुट’ अभियानमा सञ्चालन गरेको भन्दै पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान आग्रह गर्नुभयो ।

एमाले विरुद्ध जतिसुकै गठबन्धन भएपनि आम नागरिक एमालेकै पक्षमा रहेको बताउँदै उहाँले एमालेले संकल्प ग¥यो भने एमालेलाई कसैले पनि हराउन नसक्ने दाबी समेत गर्नुभयो । ओलीले यसप्रकारको अभियानले आन्तरिक पार्टी जीवनमा देखापरेका अन्तरविरोधलाई समाधान गरी पार्टीलाई देशको सबैभन्दा बलियो शक्तिका रूपमा स्थापित गराउने बताउनुभयो । फरक प्रसंगमा ओलीले नेपालमा जनताको माया सबैभन्दा बढी आफुलेनै पाएको भन्दै कसैले छौडा खेलाउँदैमा एमाले कमजोर नहुने दाबी समेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?