काठमाडौं । काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिका अन्तर्गत वडा नम्बर ०७ मा अवस्थित नवदुर्गा टोल सुधार सेवा समाजको प्रवेशद्वारमा नवनिर्मित नवदुर्गा मन्दिरको उद्घाटन गरिएको छ ।
नवनिर्मित मन्दिरको उद्घाटनअघि स्थानीय टोलबासीहरु बाजागाजा, भजनकिर्तन र नाचगानसहित धार्मिक कलशयात्राम सहभागी भएका थिए।
नवनिर्मित मन्दिरको प्राङ्गणमा भएको उद्घाटन कार्यक्रमको सभापति नवदुर्गा टोल सुधार सेवा समाजका अध्यक्ष गोबिन्द बहादुर भट्टराई, प्रमुख अतिथि कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, विशिष्ठ अतिथि उप प्रमुख शान्ता थापा ,अतिथी वडा नम्बर ०७ का वडा अध्यक्ष भिमसेन थापा ,नवदुर्गा टोल सुधार सेवा समाजका उपाध्यक्ष गोरखराज ओझा स्वागत मन्तव्य एवं नवदुर्गा मन्दिर निर्माण समितीका आर्थिक संयोजक कर्णराज कटुवाल,प्राइम टेलीभिजनका निर्देशक गणेश थापा, काठमान्डौ जिल्ला समन्वय समिती सदश्य यसोदा कार्की खड्का लगाएतले महत्वपुर्ण भनाईहरु राख्नुभएको थियो।
मन्दिर उद्घाटन गर्ने क्रममा पण्डितहरुद्वारा उपस्थित प्रमुख अतिथी, विशिष्ठ अतिथी र अतिथीहरुलार्र्इ प्राणप्रतिष्ठा गराइ उहाँहरुको हातबाट मन्दिर भित्र रहेको मूर्तिलाई छोपेर राखेको कपडा हटाइ बिधिबतरुपमा समउद्घाटन गरिएको थियो। उद्घाटनको समयमा मन्दिर क्षेत्र बाजागाजा सहित स्वस्तिबाचन, यज्ञ होम होमादी, शंखघन्ट आदिले गुन्जायमान पारिएको थियो।
यसैगरी मन्दिर उद्घाटनको क्रममा वडा नम्बर ७ का पुर्व वडा अध्यक्ष जिवन थापा ,वडा नम्बर ७ का सदस्य जानुका चापागाईं, नेपाली काँग्रेस वडा नम्बर ०७ का सभापति रन्जन न्यौपान्ने, गृहमन्त्रालयका उपसचिव डोलेन्द्र निरौला, माननीय न्यायाधीश पर्शुराम भट्टराई , गणेश प्रसाद गुरागाई ,चन्द्र केसी ,कृष्ण प्रसाद भण्डारी लगायतको उपस्थिति थियो।
नवनिर्मित नवदुर्गाको मन्दिर स्थानीयवासी र कागेश्वोरी मनोहरा नगरपालिकाको विशेष आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
कार्यक्रमको संचालन नवदुर्गा टोल सुधार सेवा समाजका सचिव पर्शुराम अधिकारीले गर्नुभएको थियो।
- दुर्गा चौंलागाई
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच