तीन क्रिकेट खेलाडी सम्मानित

हिमालय टाइम्स
Read Time = 1 min

रूपन्देही । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगदसहित सम्मान गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी खेलाडीहरूलाई जनही ५० हजार नगद राशिसहित सम्मान गरेको हो ।

आइसिसी विश्वकप लिग टूमा शीर्ष तीनमा स्थान पक्का गराउँदै सोझै विश्वकप छनोटमा पुर्‍याउने तथा आठ वर्षपछि नेपाललाई यू-१९ विश्वकपमा पुर्‍याउन सफल क्रिकेटरको सम्मान गरिएको हो ।

नेपाल सोझै विश्वकप छनोटमा पुग्नुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन योगदान दिएका ओपनर ब्याटर कुशल भुर्तेल तथा राष्ट्रिय टोलीको अन्तिम १४ मा रहेका श्याम(मौसम) ढकाललाई सम्मान गरिएको हो ।

नगरपालिकाले आठ वर्षपछि यू-१९ विश्वकपमा नेपाललाई पु¥याउन महत्वपूर्ण योगदान दिने टोलीका क्याप्टेन देव खनाललाई समेत सम्मान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?