भारतको इस्रोद्वारा ३६ वटा स्याटलाइटसहितको एलभिएभ थ्री रकेट प्रक्षेपण

Read Time = 2 mins

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो)को सबैभन्दा शक्तिशाली रकेटले ब्रोडब्यान्ड स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनी वानवेबका ३६ स्याटेलाइट प्रक्षेपण गरेको छ । इसराको लञ्च भेहिकल मार्क-३ (एलभिएम३) रकेटले भारतको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयानुसार आइताबर बिहान करिब ९ बजे ‘लिफ्ट अफ’ गरेको थियो ।

आइतबार बिहानै १० बजेतिर ईसरोले सबै स्याटेलाइटहरू सफल रूपमा लो अर्थ अर्बिट (एलईओ)मा स्थापित भएको जनाएको छ । यी स्याटेलाइटहरू पृथ्वीबाट ४५० किलोमिटरमाथि छोडिएको छ । आउँदा केही दिनमा आफैं पृथ्वीबाट १२ सय किलोमिटरमा स्थापित हुनेछन् ।

योसँगै वानवेबसँग अन्तरिक्षमा रहेका ब्रोडब्याण्ड स्याटेलाइटको संख्या ६१८ पुगेको छ । यसअघि, १७ प्रक्षेपण बढीजसी रूसी अन्तरिक्ष एजेन्सीबाट गरेर वानवेबले ५८२ स्याटेलाइट अन्तरिक्षमा राखिसकेको छ ।

स्पेसएक्सको स्टारलिंक र अमेजनको कुइपरझैँ वानवेबले सन् २०२३ भित्रमा अन्तरिक्षबाट व्यावसायिक रूपमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने योजना राखेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?