‘प्याडिलक्स गल्स अन हिृवल्स’ का विजेतालाई सुन

Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल इशानी श्रेष्ठको उपस्थितिमा शनिवार ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरमा आयोजित ‘प्याडिलक्स गल्स अन हिृवल्स’ प्रतियोगिता सम्पन्न भएको छ ।

राउण्ड टेबल नेपालअन्तर्गतका सदस्य काठमाडौं एस राउण्ड टेबल नेपाल २१, काठमाडौं रोयल्स राउण्ड टेबल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ को आयोजनामा भएको प्रतियोगितामा जुना कोइराला र प्रज्ञा सापकोटाको जोडी प्रथम भएका छन् । प्रथम दुवैजनाले सगुन ज्वेलर्सतर्फबाट ५० हजार रुपैयाँ बराबरको ज्वेलरी प्राप्त गर्नुभएको छ ।

दोस्रो स्थानका मुस्कान अग्रवाल र तानिषा अग्रवालले रिभरसाइड स्प्रिङ रिसोर्टतर्फबाट तीन दिन दुई रातको स्टे प्याकेज प्राप्त गर्नुभएको छ भने तेस्रो स्थान हासिल गर्ने दीपा थापा र काजल श्रेष्ठले जेम फ्लोरिङतर्फबाट टर्किस रग प्राप्त गर्नुभएको छ ।

विजेतालाई काठमाडौं एस राउण्ड टेबल नेपाल २१ का अध्यक्ष निश्चल रुँगटा, काठमाडौं रोयल्स राउण्ड टेबल २३ का अध्यक्ष हिमांशु गोल्छा र काठमाडौं रोयल्स लेडिज सर्कल ७ का अध्यक्ष शिवानी अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा ७० स्कुटीमा एक सय ४० सहभागी रहेको संयोजक सिद्धार्थ जाजोदियाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?