प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो।

तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिनुभयो ।

७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । नाराबाजी गरेपछि उनीहरूलाई प्रहरीले पक्रेको थियो। प्रहरीकै अगाडि उनीहरुले प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेपछि उनीहरुको मुख प्रहरीले थुनेको फोटो र भिडियो भाइरल समेत भएको थियो । जसको सार्वजनिक रुपमा आलोचना भएको थियो । पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।

पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।

प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्।

यो पनि पढ्नुहोस् :  बानेश्वरमा प्रधानमन्त्रीकै अगाडि युवाले लगाए नारा : ‘युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?