गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताउनु भएको छ ।

श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उनले सो अभिव्यक्ति दिनुभएको हो। सोमबार मन्त्रालयमा कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले गृहमन्त्रीबारे प्रधानमन्त्री र पार्टी (माओवादी केन्द्र) ले गर्ने निर्णयअनुसार नै आफू अघि बढ्ने बताउनु भयो ।

तपाईं गृहमन्त्री बन्न लाग्नु भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यसबारे आफूले नभएर प्रधानमन्त्री र पार्टीले निर्णय गर्ने बताउनु भयो । साथै प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने र हालसम्म यसबारे कुनै निर्णय नै नभएको उहाँको भनाइ छ ।

केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उहाँले जानकारी दिनुभयो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?