आईडल प्रतिस्पर्धी मिल्सनलाई जिताउन भोजपुरमा समिति निर्माण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । द पोइट आइडलका प्रतिस्पर्धी भोजपुरका मिल्सन राईलाई जिताउन भोजपुरे लागि पर्ने भएका छन् । राईलाई जिताउनका लागि अभियान समिति नै गठन गरिएको छ ।

भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नंं. ५, खावामा जन्मिएका राई आइडलको टप आठमा पर्न सफल भएका थिए । राईलाई जिताउन जिवन किराँतीको संयोजकत्वमा ६ सदस्य समित समेत गठन गरिएको छ।

राईलाई जिताउनका लागि बनाईएको समितिको सदस्यमा अर्जुन बस्नेत, शंकरदेव राई, विवेक राई, प्रमित सिप्तुङ, र सुवाश विभास रहेका छन । यस्तै अभियानका लागि टेम्कैमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमा राई र नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई रहेको तीन सदस्यीय सल्लाहाकार समिति समेत बनाईएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

भोजपुरलाई कला र साहित्यको माध्यमबाट चिनाउने अभियानमा लागेका राईलाई सवै पक्षले सहयोग गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो । बस्नेतले भन्नुभयो, “टेम्कैमैयुङ गाउँपालिकाका मिल्सन द पोइट आइडलको टप आठमा परेका छन, उनलाई भोट गर्न सवैलाई आग्रह गर्दछु ।”

अभियान समितिका संयोजक जीवन किराँतीले पनि मिल्सनलाई सहयोग गरी बिजयी बनाउन सवैलाई आग्रह गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?