काठमाडौं । मधेश प्रदेशले जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेश प्रदेश एक विकेटले विजयी हुँदा प्रतियोगितामा पहिलो जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेश प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलब दुई ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।
मधेशका लागि सरस्वती कुमारीले अविजित ३२, एलिसा यादवले १६ र सीमा कुँवरले १५ रन बनाउनुभयो । बलिङतर्फ ललितपुर मेयर्सकी सोनी पाख्रिन र कृतिका मरासैनीले दुई-दुई तथा अश्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक/एक विकेट लिनुभयो ।
यसअघि ब्याटिङ गर्दै ललितपुर मेयर्सका लागि सोनी पाख्रिनले ३४, लक्ष्मी चौधरीले २३ तथा सृष्टि जैसीले १५ रन बनाउनुभयो । बलिङतर्फ मधेशका लागि सरस्वती कुमारीले दुई तथा कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक/एक विकेट लिनुभयो । जितसँगै मधेश प्रदेश अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर मेयर्स जितविहीन रहँदै अंक तालिकाको पुछारमा छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका