मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । मनाङ मस्र्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती क्लबलाई २-१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।

मनाङको जितमा कोफी विदेशी खेलाडीद्वय टिमोथी कुडो र सेदजामोल दाभ्लातजोनोभले एक/एक गोल गर्नुभयो । यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काउनुभयो । खेलको ३७ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई अग्रता दिलाउनुभयो । बागमतीका लागि खेलको ४१ औं मिनेटमा सृजन गौतमले बराबरी गोल फर्काउनुभएको थियो । खेलको ६६ औं मिनेटमा सेदजामोलले गोल गर्दै मनाङलाई २-१ गोलको जित दिलाउनुभयो ।

अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ । प्रतियोगिता अन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम-११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?