विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न इजरायली राष्ट्रपतिको आग्रह

Read Time = 2 mins

जेरूसेलम । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सोमबार सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आहृवान गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामनि नेतन्याहूले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको एक दिनपछि तेल अभिभमा रातारात ठूलो प्रदर्शन भएको छ ।

प्रदर्शनपछि हर्जोगले ट्विटरमा सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गर्नुभएको हो । प्रदर्शनकारीहरूले सुधार परियोजनाले इजरायलको लोकतन्त्रलाई खतरामा पारेको बताएका छन् । नेतन्याहूको सुधार कार्यक्रमले अदालतमाथि राजनीतिज्ञहरूको शक्ति बढाउन भन्दै आलोचकहरूले यो लोकतन्त्रका लागि खतरा भएको तर्क गरेका छन् ।

संयुक्त राज्य अमेरिका र जर्मनीका नेताहरूसहित इजरायलका केही विदेशी सहयोगीले विवादास्पद सुधारको बारेमा चिन्ता व्यक्त गरे तापनि बेलायत यस विषयमा मौन छ । नेतन्याहूले बेलायतको दुई दिने भ्रमण सकी स्वदेश फर्केपछि राष्ट्रपतिको यो प्रतिक्रिया आएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?