नरहरि, प्रज्ञाको स्वर र अभिनयमा ‘तिमीलाई हेरेर’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नरहरि प्रेमी र प्रज्ञा अधिकारीले स्वरमा रहेको गीत ‘तिमीलाई हेरेर’ सार्वजनिक भएको छ । पुष्पा पौडेलको शब्दरचना, नरहरिकै संगीत, सञ्जय हमालको संगीत संयोजन र गोविन्द सोनीको मिक्सिसङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडिओ नरहरिककै अफिसियल युट्युब च्यानलमार्फत डिजिटल बजारमा आएको हो ।

राजकुमारको निर्देशन र सम्पादन रहेको भिडियोमा उत्सव दाहालले सिनेम्याटोग्राफी एवं राजकुमार दर्जी (एभरेष्ट राज) को कोरियोग्राफी छ । भिडिओमा नरहरि र प्रज्ञालाई नै प्रेमी जोडीको रूपमा देख्न सकिन्छ ।

एक अर्काप्रतिको असीमित प्रेम र विश्वाश प्रकट गरिएको यस गीत तथा भिडिओमा जीवनभर अविरल त्यस्तै मायाको अपेक्षा गरिएको छ । यो जोडिको केही समय पहिला सार्वजनिक भएको गीत ‘हृयाकग¥यो’ सार्वजनिक भएको थियो ।

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?