काठमाडौं । राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवस मनाइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा नक्सालस्थित सीताभवनमा भएको कार्यक्रममा अरनिकोका बारेमा चर्चा गरिएको हो । अन्तक्र्रियात्मक कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारले नेपाली कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन अरनिकोले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
उहाँले अरनिकोले बनाएका चित्र, मूर्ति, वास्तु तथा सिर्जनात्मक कलाले नेपाली पहिचानलाई विदेशमा चिनाउन विशिष्ट भूमिका खेलेको धारणा राख्नुभएको थियो । कार्यक्रममा अरनिकोका बारेमा परिचर्चा गर्दै डा.नरेश शाक्यले नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताउनुभयो । उहाँले अरनिकोकै कारण नेपाली मौलिक शैली र कलाले तिब्बत, चीन, मंगोलियालगायतका देशमा पुग्न सकेको जानकारी गराउनुभयो ।
कार्यक्रमका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले नेपाली कला र कलाकारलाई देश विदेशमा चिनाउन अरनिकोको भूमिका विशेष रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले २०२८ सालमा अरनिकोको हुलाक टिकटको डिजाइन गर्नुभएको थियो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले दिगज कलाकारको स्मृति मनाउनुभनेको कला र कलाकारको योगदानको कदर गर्नु भएकाले यस कार्यक्रमको उद्देश्य अग्रज कलाकारलाई नयाँ पुस्तासम्म लैजानु रहेको विचार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सौरगंगा दर्शनधारी, सञ्जय वान्तवा, अग्रज कलाकार तथा लेखक रमेश खनाल, कमलमणि काफ्ले, नेपाल व्यावसायिक कलाकार संघका महासचिव भोलानाथ पौड्याल, नेपाल कमर्शियल आर्टिष्ट संघका महासचिव चित्र कार्कीलगायतले अरनिकोका बारेमा चर्चा गर्नुभएको थियो ।
अरनिको १७ वर्षको उमेरमा ८० जना कलाकारको नेतृत्व गर्दै तिब्बत हुँदै चीन जानुभएको थियो । सन् १२४४ मा जन्मिनुभएका उहाँको १३०६ मार्च ११ मा निधन भएको थियो । अरनिकोलाई नेपालमा राष्ट्रिय विभूति घोषित गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच