सुनचाँदी व्यवसायले उद्योगको मान्यता पाउन सक्ने

Read Time = 2 mins

काठमाडौं । सरकारले सुनचाँदी व्यवसायलाई उद्योगका रूपमा अघि बढाउन सकिने भन्दै त्यसका लागि स्वदेशी ज्ञान र सीप विकास गर्न व्यवसायीलाई आग्रह गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वमा सोमबार गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले यस्तो आग्रह गर्नुभएको हो ।

सचिव ज्ञवालीले सुनचाँदी व्यवसायको क्षेत्रमा धेरै सम्भावना रहेको औंल्याउँदै त्यसको उजागर गर्न स्वयं व्यवसायी लागिपर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो व्यवसायलाई एउटा प्रभावकारी स्वदेशी उद्योगका रूपमा विकास गर्दै लैजानुस्, यसका लागि सरकारले कहाँ के गर्नुपर्ने हो त्यो गर्न हामी तयार छौँ ।’ महासंघ अध्यक्ष शाक्यले सुनचाँदी व्यवसाय प्रवद्र्धनबाट खानी उत्खनन्देखि रोजगारी प्रवद्र्धनसमेत गर्न सकिने र राजस्वमा पनि टेवा पुग्ने बताउनुभयो । सो अवसरमा सुन आपूर्ति, नीति नियम, कानुन र अन्य व्यवसाय हितका लागि आवश्यक विषयमा छलफल भएको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?