महिला शिखर सम्मेलनका आठबुँदे घोषणापत्र

Read Time = 5 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) महिला नेतृत्व मञ्चद्वारा काठमाडौंमा आयोजित दुईदिने महिला नेतृत्व शिखर सम्मेलनले विभिन्न आठबुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र भएका नीति प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । विश्वव्यापी व्यापार, प्रत्यक्ष विदेशी लगानी र अन्तर-क्षेत्रीय सम्बन्ध र नेटवर्कमा महिलालाई वित्तीय र डिजिटल साक्षरतामा थप पहुँच चाहिने घोषणापत्रमा उल्लेख छ ।

महिलाको स्वतन्त्रता वित्तीय पहुँचसँग जोडिएको छ । महिला उद्यमीले आफ्नो ज्ञान र सीपलाई अनुकूलन गर्न सक्ने सुनिश्चित गर्न कर्जाको थ्रेसहोल्ड बढाउनुपर्ने सुझाव घोषणापत्रमार्फत् सरकारलाई दिइएको छ । लघु, साना र मझौला उद्यममा महिलाका लागि हालको ऋण संरचना बढाउन सुझाव दिइएको छ, जसबाट महिलाले स्वतन्त्ररूपमा आफ्नो व्यवसायका लागि वित्तीय निर्णय लिन सक्नेछन् ।

समावेशी संयन्त्र, नीति निर्माण एवं प्रणालीको विकास कार्यमा महिला सहभागिता बढाउने गरी ठोस व्यवस्था गरिनुपर्ने, राजनीतिक क्षेत्रमा महिला सहभागिताका लागि न्यूनतम थ्रेसहोल्ड ३३ प्रतिशत रहे पनि लैंंिगक समानता हासिल गर्न महिलाको प्रतिनिधित्व कम्तीमा ५० प्रतिशत बनाउनुपर्ने बताइएको छ ।

सम्मेलनले वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र भएका नीति प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

त्यस्तै, लैंगिक न्याय, लैंगिक समानता अघि बढाउन र सबैका लागि आर्थिक, सामाजिक र राजनीतिक प्रगतिका लागि सबै तह एवं निर्णयकर्ताका रूपमा महिलालाई अघि बढाउनुपर्नेमा सम्मेलनमा सहभागी राजनीतिकर्मी, परिवर्तनकारी महिला, राष्ट्रिय एवंं अन्तर्राष्ट्रिय विज्ञले जोड दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवाली, राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीलाई दुईदिने सम्मेलनको घोषणापत्र हस्तान्तरण गरिएको हो । उद्योग सचिव ज्ञवालीले सम्मेलनमा गरिएको छलफल समय सान्दर्भिक एवं सुझाव महिला सशक्तीकरणका लागि महत्वपूर्ण भएको बताउनुभएको छ ।

नेतृत्वमा महिलाको योगदान, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा भएको बहस र छलफलबाट निकालिएका सुझाव सरकारले आगामी दिनमा नीतिगतरूपमा सम्बोधन गर्ने विश्वास सिएनआईले लिएको छ । कोरोनापछि महिला नेतृत्वका तीन प्रमुख क्षेत्रमा केन्द्रित रहेर आयोजित सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वसमेत गरी करिब चार सयजनाको सहभागिता रहेको थियो । सम्मेलन उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो ।
सो अवसरमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्‍याउने म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको थियो भने उद्यमशीलता प्रवद्र्धनका लागि महिला उद्यमीबाट उत्पादित स्वदेशी वस्तु प्रदर्शनीसमेत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?