अख्तियारद्वारा तत्कालीन जिसिअ भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टविरुद्ध भ्रष्टाचार गरेको भन्दै आरोप-पत्र दायर गरेको छ । तत्कालीन जिसिअ भट्टलाई झुट्टा सरुवा पत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोप लागेको लागेको थियो । अख्तियारले छानविन गर्दा नियुक्तिपत्र नै नभएको गैर शिक्षक मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको बनाइएको पाइएको थियो ।

बिना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई जिसिअले आफँै स्वीकृत गरेको पुष्टि भएकोसमेत अख्तियारले जनाएको छ ।

हुनैनाथ आधारभूत विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरेको समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस बखत जिसिअको पदको दुरुपयोग गरेको सार्वजनिक सम्पत्तिको बदनियत पूर्वक ७४ हजार ९२० रुपैयाँ हानि नोक्सानी गराएको अख्तियारको ठहर छ ।

प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा सोही दफामा उल्लेख भए बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम बिगो रु.७४,९२०।– (चौरहत्तर हजार नौ सय विष रुपैयाँ) कायम गरी कैद र बिगोबमोजिमको जरिवाना हुन तथा सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको बिगो निजबाट असुलउपर हुन माग दाबी लिइएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?