साथीले चलाएको बन्दुक पड्किँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

ताप्लेजुङ । शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ।

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार शिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो ।

सोमबार राति करिब १० बजे कालिदह जंगलमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ ।

मृतक गुरुङको शव भने कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमको लागि सदरमुकाम लगिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?