एकीकृत समाजवादीले मन्त्री बन्ने तीन जनाको नाम टुंग्यायो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीकाे  नाम टुंगो लगाएको बताएको छ ।

मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले आफूहरूले दाबी गर्दै आएका तीन मन्त्रालयबाट पछि नहट्ने निर्णय गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिनुभयो । नेता ज्वालाले गठबन्धनमा आफूले पाउने मन्त्रालयको सङ्ख्या टुङ्गो लागेपछि सरकारमा पठाउने नेताहरूको नाम टुंग्याउने गरी छलफल भएको पनि बताउनु भयो ।

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा मापदण्ड बनाएर सोही मापदण्डका आधारमा मन्त्री छनोट गर्ने समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले गृह मन्त्रालयको अडान राखेको छ । गृह नपाएको खण्डमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भए पनि तीन मन्त्रालयबाट घट्न नसक्ने स्पष्ट सन्देश प्रधानमन्त्रीलाई दिइसकेको छ । एकीकृत समाजवादी र प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज विहान बालुवाटारमा भेटवार्ता भएको थियो । उक्त भेटमा आफ्नो दलको भागमा कम्तिमा ३ मन्त्रालय पर्नुपर्ने एकीकृत समाजवादीका नेताहरुले अडान राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालयमात्रै प्रस्ताव गर्नुभएको छ । यस्तै प्रदेशसम्म प्याकेजमै भागबन्डा हुँदा कुनै एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेशमा सहभागिता रहनुपर्ने प्रस्ताव गठबन्धन बैठकमा राख्ने तयारी सो पार्टीका नेताहरूको भनाइ छ ।

स्रोतका अनुसार एकीकृत समाजवादीले तीन मन्त्रालय पाए पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?