‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई 

हिमालय टाइम्स
Read Time = 2 mins

मुगु । एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताउनु भएको छ ।

मंगलवार नेपाल पत्रकार महासंघ मुगुले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमतिविपरीत प्रधानमन्त्रीले धोका दिएको आरोप लगाउनु भयो ।

गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहनुभएका प्रचण्डले एमालेलाई धोका दिएको उहाँको आरोप छ ।

तत्कालीन सत्ता साझेदार सात दलहरुबीच एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको दाबी गर्ने सचिव भट्टराईले तर, राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको दोहोर्‍याउनु भयो ।

गायिका एलिना चौहानले ‘धोके बाज हौ तिमी, धोक बाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उहाँको टिप्पणी छ ।

-खड्क सुनार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?