मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप : आयोजक सुदूरपश्चिम ११ सेमिफाइनलमा प्रवेश

बिराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

 कैलाली । आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल पुगेको छ ।

धनगढी रङ्गशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबमाथि ४–० गोल अन्तरको सानदार जित दर्ता गर्दै आयोजक सुदुरपश्चिम सेमिफाईनल पुगेको हो । फाईनल प्रवेशका लागि सुदुरपश्चिमले थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सुदुरपश्चिम ११ को फराकिलो जितमा आयुष श्रेष्ठले ह्याट्रिक गरे । खेलको ३० औं मिनेटमा पहिलो गोल गरेका उनले ५१ औं मिनेटमा दोस्रो र ६३ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलमा स्वयम हार्दिकले एक गोल गरे । उनले खेलको ४ मिनेटमै गोल गर्दै सुदुरपश्चिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यो संस्करणको पहिलो ह्याट्रिक गरेका सुदुरपश्चिमका आयुष श्रेष्ठ खेलको म्याच अफ द म्याच भए । आजको खेलसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । भोली हुने पहिलो सेमिफाईनलमा मनाङ मस्याङ्दी क्लब र एभिनियर फुटबल क्लब क्यामरुन प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाईनलमा पर्सि सुदुरपश्चिम ११ र थ्रीस्टार भिड्ने छन् । चैत १८ गते प्रतियोगिताको फाईनल हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?