बोआओ फोरम फर एसिया’मा ५० भन्दा बढी देश र क्षेत्रका दुई हजार प्रतिनिधि सहभागी

Read Time = 2 mins

हाइनान । मंगलबारदेखि प्रारम्भ भएको ‘बोआओ फोरम फर एसिया’मा ५० भन्दा बढी देश र क्षेत्रका दुई हजार प्रतिनिधिले भाग लिएका छन् । हाइनान प्रान्तको यो तटीय सहरमा आयोजित फोरमको वार्षिक सम्मेलनमा ४० देश र क्षेत्रका १७० भन्दा बढी सञ्चारगृहका एक हजार एक सयभन्दा बढी पत्रकार सहभागी भएका फोरमका महासचिव ली बाओडोङले जानकारी गराउनुभएको छ ।

कोरोना भाइरस (कोभिड-१९)को महामारीपछि भौतिक रूपमा सहभागी फोरममा पहिलोपटक उपस्थित भएका हुन् । अनिश्चित विश्व र चुनौतीबीच विकासका लागि एकता र सहयोग विषयमा हुने यो बैठकमा विकास, समावेशी, सुरक्षालगायत विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

राष्ट्र-राष्ट्रबीच सहयोग र एकता प्रबद्र्धन गर्दै क्षेत्रीय आर्थिक एकीकरण, खुलापन एवं समावेशी विकासलाई केन्द्रमा राखेर यो वर्षको सम्मेलन आयोजना गरिएको महासचिव लीले बताउनुभएको छ । एसियाली मुलुकहरूलाई उनीहरूका विकासका लक्ष्य प्राप्तिमा सघाउन सम्मेलन फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?