दोस्रो संस्करणको अमिन राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न

Read Time = 8 mins

काठमाडौं । दोस्रो संस्करणको ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ सम्पन्न भएको छ । नेपाल संगीत उद्योग संघको आयोजनामा राजधानीमा यो अवार्ड सम्पन्न भएको हो ।

संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा भएको अवार्ड कार्यक्रममा डा. भोला रिजाल र संगीतकार सुरेश अधिकारीलाई ‘स्रष्टा सम्मान’, अभिनेता शिव श्रेष्ठलाई ‘कलाकारिता सम्मान’, पत्रकारद्वय तुलसी गिरी ‘भावुक’ र सुमन पण्डितलाई ‘पत्रकारिता सम्मान’, हेमराज ढकाल, सुमित केडिया, भक्त हमाल, नरेशलाल श्रेष्ठ, नानीराज घिमिरे र रविन श्रेष्ठलाई ‘व्यावसायिक सम्मान’ तथा म्युजिक नेपाललाई ‘उत्कृष्ट म्युजिक कम्पनी’को सम्मान अर्पण गरिएको थियो ।

कार्यक्रममा ‘म के गरुँ’का लागि रामचन्द्र लाम्गादेले ‘वेष्ट न्यू लिरिक्स’, ‘नढाँटन है’का लागि दीपक लिम्बूले ‘वेष्ट सिंगर (मेल)’, ‘बिहानीको मिर्मिरे उज्यालोमा’का लागि बबिता मानन्धरले ‘वेष्ट सिंगर (फिमेल), ‘ज्यालाको पर्दा’का लागि गोविन्द लिम्बुले ‘वेष्ट न्यू सिंगर (मोर्डन सङ)’ र ‘छैन है गुनासो’का लागि डिपी खनालले ‘वेष्ट लिरिक्स (मोडर्न सङ)’को अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै ‘ए होर माया’का लागि विमल अधिकारीले ‘वेष्ट मोडल मेल (मोडर्न सङ)’, ‘तिम्रो मेरो प्रित’का लागि अनुप बोहोराले ‘वेष्ट मोडल मेल (पपुलर अवार्ड–मोर्डन सङ)’, ‘चाहिँदैन तिम्रो माया’का लागि समीप निरौलाले ‘वेष्ट मोडल मेल (जुरी अवार्ड–मोडर्न सङ)’, ‘तिमी छौ र पो’का लागि अशोक बिकेले ‘वेष्ट भिडिओ डिरेक्टर (पपुलर अवार्ड)’, ‘दर्पण छायांमा’का लागि राहुल बराइलीले ‘वेष्ट भिडिओ डिरेक्टर’को अवार्ड प्राप्त गर्नुभयो ।

यसैैगरी ‘तिम्रो मेरो प्रित’का लागि सिर्जना कार्कीले ‘वेष्ट न्यू मोडल फिमेल (मोडर्न सङ), ‘आमा’का लागि राजा राजेन्द्र पोखरेलले ‘वेष्ट म्युजिक (मोडर्न सङ), ‘तिम्रो मेरो जीवनमा’का लागि शंकर थापा स्माइलले ‘वेष्ट म्युजिक (पप सङ)’, ‘चाहिएन’का लागि जीवन पन्तले ‘वेष्ट डिकेड सङ(फोक सङ), ‘पहिलो भेटको हेराइमा’का लागि लिना राईले ‘वेष्ट डिकेड सङ’, ‘झरनाको चिसो पानी’का लागि निरजकुमार सुनारले ‘वेष्ट डिकेट म्युजिक’, ‘सगरमाथा यही’का लागि हरिगोपाल प्रधानले ‘वेष्ट डिकेड म्युजिक (जुरी अवार्ड)’लाई प्रदान गरियो ।

त्यस्तै ‘पानी चल्दैन’का लागि यश कुमारले ‘वेष्ट डिकेड सिंगर’, ‘देश निर्माणका संकल्प’का लागि धनु ग्याङमीले ‘वेष्ट सङ विथ नेसनल स्पिरिट (पब्लिक च्वाइस अवार्ड)’, ‘जय जय देश जय जय नेपाल’का लागि रोहितकुमार बस्नेतले ‘वेष्ट सङ विथ नेसनल स्पिरिट (इन्करेजमेन्ट अवार्ड)’, ‘हिमालबाट हिउँ पग्ली’का लागि चिन्तामणि शिवाकोटीले ‘वेष्ट सङ विथ नेसनल स्पिरिट’, ‘घर त सिम्ले’का लागि दीपसागर थापाले ‘वेष्ट सिंगर (फोक सङ-जुरी अवार्ड)’ प्राप्त गर्नुभयो ।

यस्तै ‘कहिले गर्छौ बिहे’का लागि विनोद दनुवारले ‘वेष्ट सिंगर (फोक सङ)’, ‘हे मेरो सानु’का लागि सरोज लामिछानेले ‘वेष्ट सिंगर (काठे फोक सङ)’, ‘डाँडाघरे साइली’का लागि श्रीकृष्ण बम मल्लले ‘वेष्ट रिदम (फोक सङ)’, ‘एक्लो न्याउली’का लागि विनोद भण्डारीले ‘वेष्ट भिडिओ डिरेक्टर (फोक सङ)’, ‘मुना मदन’का लागि जेबी ओलीले ‘वेष्ट सिंगर (फोक सङ)’ अवार्ड प्रदान गरियो ।

यसैगरी ‘एउटा सपना’का लागि पार्वती न्यौपानेले ‘वेष्ट न्यु सिंगर फिमेल (फोक सङ)’, ‘झ्याप्पै बस्यो माया’का लागि देवेन्द्र भट्टराईले ‘वेष्ट न्यू सिंगर मेल (फोक सङ)’, ‘माइतीको घर’का लागि लक्ष्मी रेग्मीले ‘वेष्ट लिरिक्स(फोक सङ-जुरी अवार्ड)’, ‘मेची-महाकाली’का लागि खिमानन्द खरेलले ‘वेष्ट न्यू रिलिक्स (फोक सङ-पब्लिक च्वाइस अवार्ड)’ पाउनुभयो ।

त्यस्तै ‘चोली ढाकाले’का लागि निरज भट्टले ‘वेष्ट न्यू लिरिक्स (फोक सङ)’, ‘सम्झना मनैमा’का लागि प्रवेश श्रेष्ठले ‘वेष्ट न्यू मोडल मेल (फोक सङ)’, ‘बस्यो दिलैमा’का लागि टीका भुजेलले ‘वेष्ट मोडल मेल (पपुलर अवार्ड)’, ‘ए परदेशी’का लागि सुनिल लामिछानेले ‘वेष्ट मोडल मेल (फोक सङ)’, ‘ढुंगे धारैको’का लागि रिना थापा मगरले ‘वेष्ट मोडल फिमेल(फोक सङ)’, ‘कहाँ हो तिम्रो घर’का लागि पूजा पुरीले ‘वेष्ट सिंगर फिमेल (फोक सङ)’, ‘जहाँ छन् बुद्धका आँखा’का लागि बमबहादुर थापाले ‘पपुलर अवार्ड’, ‘मनमा बिलारी’का लागि शक्ति चन्दले ‘वेष्ट टप्पा सङ’, ‘के गुलियो छ सख्खर चिनी’का लागि पदम राईले ‘पब्लिक च्वाइस अवार्ड (मोडर्न सङ), ‘हास्नुपर्छ जिन्दगीमा’का लागि राजेश एकलले ‘जुरी अवार्ड (मोडर्न सङ)’ र ‘कति मीठो राम साइला’का लागि खुसी थुलुङ राईले ‘वेष्ट न्यू सिंगर (जुरी अवार्ड)’ प्रदान गरिएको थियो ।
यस्तै ‘छुट्नलाई पो रैछ क्यारे’का लागि प्रभा बर्तौलाले ‘वेष्ट लिरिक्स (लोक गीत)’, ‘धोका’का लागि आरके परियारले ‘वेष्ट मोडल (न्यू ट्यालेन्ट)’, ‘सोल्टी बजार’का लागि निश्चल दवाडीले ‘वेष्ट लिरिक्स (फोक सङ)’, ‘खाडी मुलुक ८ (परदेशीको पैसाको भर छैन)’ का लागि ललित केसीले ‘वेष्ट भिडिओ डिरेक्टर (पब्लिक च्वाइस अवार्ड)’लाई अवार्ड प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?