पुष्पपरागद्वारा वर्ष सम्मान तथा पुरस्कारको घोषणा

परममाया/कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार दाहाललाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले ‘परममाया/कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार’ खेमनाथ दाहाललाई प्रदान गर्ने घोषणा गरेको छ । यस्तै, ‘पुष्पपराग वर्ष सम्मान-२०७९’ साहित्यकार रत्न प्रजापतीलाई प्रदान गर्ने भएको छ ।

पुरस्कार तथा सम्मान प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा यही चैत २५ गते शनिबार काठमाडौंमा आयोजना हुने समारोहमा प्रदान गरिनेछ ।

प्रतिष्ठानले ‘तिलकुमारी खड्का स्मृति पुरस्कार’ शोभा दुलाललाई, ‘नील-गंगा भाषा साहित्य पुरस्कार’ शरदचन्द्र वस्तीलाई, ‘पद्मावती गीत संगीत पुरस्कार’ हरिदेवी कोइरालालाई, ‘शुक्रमन्दिर लोकसाहित्य पुरस्कार’ संगीतकार सत्यकला राईलाई प्रदान गर्ने घोषणा गरेको छ ।

त्यस्तै, प्रतिष्ठानले ‘कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार’ छेवांग तेञ्जिङ लामालाई र गीत, संगीत, कला, भाषा, साहित्यमा विशिष्ट योगदान पुर्‍याउने एकजनालाई प्रदान गरिने मानार्थ सदस्यता साहित्यकार डा.भोजराज घिमिरेलाई तथा ‘पुष्पपराग युवा साहित्य सम्मान’ डिल्लीप्रसाद मुल्तिहुनलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

पुरस्कार तथा सम्मान प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा यही चैत २५ गते शनिबार काठमाडौंमा आयोजना हुने समारोहमा प्रदान गरिने बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?