तीन स्रष्टा सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वासुु शशी स्मृति परिषद्ले साहित्यकार तथा गायक संगीतकार हिरण्य भोजपुरेलाई ‘वासु शशी साहित्य सम्मान-२०७९’ बाट सम्मानित गरेको छ । त्यस्तै, कवि साहित्यकार श्यामललाई नगद राशि २५ हजार रुपैयाँसहित ‘वासु शशी साहित्य पुरस्कार-२०७९’ तथा डा.गोपीकृष्ण खतिवडालाई नगद राशि २१ हजारसहित ‘वासु शशी शोध पुरस्कार’ले सम्मानित गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा तुलसी दिवसलगायतले रमेश रेग्मीद्वारा लिखित कथाकृति ‘मेरो छोरा फर्किनै पर्छ’ सार्वजनिक गर्नुभएको थियो । कवि तथा नाटककार वासु शशीको ८७औं जन्मजयन्तीका अवसरमा कवि दिवसले सर्जकहरूलाई सम्मानित गर्दै वासु शशीका बारेमा स्रष्टाहरूले बोल्दै गर्दा आफूले शशीलाई देखिरहेको बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरू भोजपुरे र श्यामलले वासु शशीसँगका स्मरण सुनाउनुभयो । शोध पुरस्कार प्राप्त गर्ने डा.खतिवडाले आफूले ‘वासु शशीका नाटकमा नाट्यतत्व’ विषयमा विद्यावारिधि गर्दाका प्रसंग उल्लेख गर्नुभयो ।
कवि विश्वविमोहन श्रेष्ठले सम्मानित सर्जकहरूको परिचय प्रस्तुत गर्नुभएको थियो भने सार्वजनिक कृतिमाथि सुमन वर्षाले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?