एमजी जेड एसयुभीको बुकिङ खुला

Read Time = 2 mins

काठमाडौं । एमजी भेइकलका लागि नेपालस्थित आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्स प्रालिले नयाँँ इलेक्ट्रिक भेरियन्ट एसयुभी एमजी जेड एसयुभीको बुकिङ खुला गरेको छ । नयाँ मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ । आधा घण्टामै ८० प्रतिशत चार्ज हुने ब्याट्रीले सिंगल चार्जमै तीन सय २० किलोमिटर वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीको दाबी छ । एसयुभीको ब्याट्री लाइफ भने आठ वर्षको रहेको छ ।

सुरक्षाका लागि यसमा छवटा एयर ब्याग, इएसपी, इएबी, एचडिसी, अटो होल्डजस्ता फिचर रहेका छन् भने मनोरञ्जनका लागि प्रिमियम पानोरमिक सन–रूफ, डिएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि-लेस एन्ट्री र स्टार्ट, छवटा स्पिकरसहितको थ्रिडी साउण्ड सिस्टम, ड्राइभरका लागि छ वे र फ्रन्ट पेसेन्जरका लागि चार वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टलगायतका फिचर रहेको कम्पनीले जनाएको छ ।

दुई भेरियन्टमा उपलब्ध एसयुभीको कम्फर्टको मूल्य ४८ लाख ४९ हजार र डिलक्स भेरियन्टको ५२ लाख ४९ हजार रुपैयाँ रहेको छ । वैशाखदेखि डेलिभरी सुरु गरिने एसयुभीलाई एक लाखमै बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?