सूर्य नेपाल गल्फ टुरमा खड्काको अग्रता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-०२३ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन रवि खड्का शीर्षस्थानमा रहनुभएको छ । ५-अण्डर ६३ को उत्कृष्ट कार्डमा रविले दिनेश प्रजापतीलाई एक स्ट्रोकले पछि पार्नुभएको हो । ४-अण्डर ६४ सहित दिनेश प्रजापती दोस्रो स्थानमा रहनुभएको छ । भुवन नगरकोटी र दीपक थापा मगरले २-अण्डर ६६ मा संयुक्तरूपमा तेस्रो स्थान बाँड्नुभएको छ ।

उहाँहरू लिडर रविभन्दा ३ स्ट्रोकले पछि रहनुभएको छ । १-अण्डर ६७ को स्कोरमा प्रोफेसनल भुवनकुमार रोक्का तथा एमेच्योरद्वय सुवास तामाङ र सुरेश तामाङ संयुक्तरूपमा पाँचौँ स्थानमा रहनुभएको छ । भेट्रान गल्फर रामे मगरले इभन-पार ६८ सहित आठौँ स्थानमा पहिलो १८ होलको खेल पूरा गर्नुभएको छ । १-ओभर ६९ मा प्रोफेसनल खेलाडी धनबहादुर थापा र शिवराम पौडेल तथा एमेच्योरद्वय युवराज भुजेल र सदभाव आचार्यले संयुक्तरूपमा नवौँ स्थान बाँड्नुभएको छ । रविले सानदार सुरुवात गर्ने क्रममा पहिलो होलमा बर्डी प्रहार गर्नुभयो भने ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ३-अण्डर ३१ मा पूरा गर्नुभयो ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी ७२ होलको प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागू हुनेछ । प्रतियोगितामा दुई प्रोफेसनल र आठ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?