मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी, ४० जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मेक्सिको। मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ। आगोलागीमा परेर ३५ जना भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरूमध्ये अधिकाँशको अवस्था गम्भिर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । उनीहरूको पनि शरीरका अधिकाँश भाग जलेको अवस्थामा उद्दार गरिएको थियो ।

आगोलागीमा परेर ज्यान गुमाउनेमा अधिकांश मध्य र दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाने प्रयासमा रहेका आप्रवासी रहेका छन्।

आगलागीको शुरुमा निर्वासनको विरोधमा भएको प्रदर्शनका क्रममा भएको बताइएको छ। आगलागी स्थानीय समय अनुसार राति ९ बजे भएको बीबीसीले जनाएको छ। टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा रहेको यस सहरमा पछिल्ला दिनहरुमा आप्रवासीहरूको ठूलो भीड लाग्दै आएको छ ।

महामारीका समयमा अमेरिकाले आप्रवासीलाई सहजै सीमा पार गर्न दिएकाले त्यसैको आशामा ठूलो संख्यामा आप्रवासी मेक्सिको पुगेको बताइएको छ। एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?