प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन

हिमालय टाइम्स
Read Time = 1 min

म्यानमार । म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) विघटन गरेको छ ।

सैनिक सरकारको नियन्त्रणमा रहेको त्यहाँको निर्वाचन आयोगले तोकेको नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि एनएलडी खारेज भएको हो ।

एनएलडीसहित अन्य ४० वटा पार्टी पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका छन् ।

सैनिक सरकारले गत जनवरीमा राजनीतिक पार्टीहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो । एनएलडीकी नेतृ सुकीलाई ३३ वर्षको कारागार सजाय तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?