यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बुधबार पनि अमेरिकी डलरको भाउ २९ पैसाले घटेको छ ।

यसअघि मंगलबार १८ पैसाले उक्त डलरको भाउ घटेको थियो । बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अघिल्लो दिन मंगलबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ १० पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरोमा १४ पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ४१ पैसाले बढेको हो । मंगलबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ २१ पैसा कायम गरिएको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर १६२ रुपैयाँ २४ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ९० पैसा कायम गरिएको थियो ।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा पाइन्छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ ।

बुधबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?