मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका-२ मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार व्यक्ति भने घाइते भएका छन् ।

धनुषाकै मिथिला बिहारी नगरपालिका-६ सिरसियाका २१ बर्षीय बिजय कुमार यादवको मृत्यु भएको हो । उपचारको क्रममा विजय कुमारको काव्य अस्पताल जनकपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।

घाईते भएका उनका २५ वर्षीय दाइ रितेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट धनुषाधाम तर्फ जाँदै गरेको प्रदेश२-०२-००२ प ४३ ८० नम्बरको मोटरसाइकल  अनियन्त्रित भई पल्टिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?