घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । रौतहटको ईशनाथ नगरपालिका-६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो ।

ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रहरीकाअनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?