कर्णालीमा खेल पर्यटनको विकासका लागि जुम्ला-रारा अल्ट्रा म्याराथन हुने

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । कर्णालीमा खेल पर्यटनको विकास गर्नका लागि जुम्ला-रारा अल्ट्रा म्याराथन वैशाखमा हुने भएको छ । जुम्ला सदरमुकाम खलंगाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन २०८० सालको बैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुने कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

विश्व किर्तीमानी धावक हरिबहादुर रोकायको सम्मान स्वरुप तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरिने भएको छ । अध्यक्ष शाहीले भन्नुभयो ,'विगतका तीन वटा संस्करणको सफलतापछि आगामी महिनाको बैशाख ११ गते क्लबले आयोजना गर्न लागि परेको छ ।' धावक रोकायाको सम्मानमा चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष शाहीको भनाइ छ ।

बितेका बर्षहरुको तयारीअनुसार यस बर्षको प्रतियोगितालाई व्यवस्थित तथा सफल बनाउन विभिन्न चार ठाउँहरुमा चेक पोईन्ट, उपसमिति तथा दौड हुने रुटका वजार तथा गाउँहरुमा खेलाडीहरुको स्वागत तथा सत्कारको तयारीको काम भईरहेको छ । कर्णालीको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको आँगनवाट शुरु भई नेपालकै अति सुन्दर सबैभन्दा ठुलो रारा तालको हुटु छेउमा अन्त्य हुने छ ।

जुम्ला-रारा अल्ट्रा म्याराथन दौड प्रतियोगिताको दूरी ४९ किलोमिटर रहेको छ । विगतका तिनवटा प्रतियोगिताहरुमा ३ सयदेखि ४ सयको हाराहारीमा देश विदेशका खेलाडी सहभागी रहेकोमा यसवर्ष झण्डै २ हजार खेलाडीको सहभागिता गराउने लक्ष्य राखिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष शाहीले बताउनुभयो । गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिकावाट समेत खेलाडीहरु सहभागी भएका थिए ।

यस वर्ष प्रतियोगिताका विभिन्न बिधाहरुमा २८ जना धावकहरुलाई नगद, मेडल तथा प्रमाण पत्रद्वारा पुरस्कृत गर्ने तयारी छ । जुम्ला-रारा अल्ट्रा म्याराथनको विजेता महिला पुरुष दुबैले नगद १/१ लाख पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । द्वित्तिय हुनेले नगद ७५ हजार, तृत्तिय हुनेले ५० हजार, सान्त्वना हुनेले २० हजार र पाँचौ स्थानमा आउनेले पनि २० हजार नगदसहित प्रमाण पत्र र मेडल प्रदान गरिने कर्णाली खेलकुद क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयाे ।

त्यस्तै विद्यार्थीबीच ५ किलोमिटर दुरीको छोटो दौड प्रतियोगिता पनि हुने छ । जसमा प्रथम हुनेले ५ हजार नगदसहित पुरस्कार उपलव्ध गरिने छ । क्रमशः द्धित्तिय, तृत्तिय हुनेले ३ र २ हजार नगद र मेडल प्रमाण पत्र पाउने छन् । साथै ५ किलोमिटर दुरीको कार्यालय कर्मचारी र व्यापारी उद्योगी बीचको दौड प्रतियोगिता हुने छ । १ किलोमिटर दुरीमा बालबालिकाको दौड प्रतियोगिता हुने छ । जसमा प्रथम, द्वित्तिय, तृत्तिय हुनेलाई आर्कषक पुरस्कारको व्यवस्था गरिएको छ ।

चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताका लागि झण्डै २२ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको कर्णाली खेलकुद क्लबले जनाएको छ । सो प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको धावक हरिबहादुर रोकायाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
समावेशी शिक्षा प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक : शिक्षामन्त्री पोखरेल नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव…