एक–दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ ।

सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दावी गर्नु भएको हो ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मन्त्रीपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १/२ दिन भित्रै यसले पूर्णता पाउने बताउनु भयो । मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकीर समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनु भएको छ । र, सरकार विस्तारको चरणमा हामी छौं । सरकार विस्तारको गृह कार्य करिवकरिव अन्तिम अवस्थामा आएको छ । अव मलाई लाग्छ–आजभोली १÷२ दिनमै सरकार विरताले पूर्णता पाउनेछ । यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ । यो सरकारले कही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो । त्यो ने सबै भन्दा ठूलो कुरा हो । त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।’

मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरुको चाहना अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धि विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?