‘अर्गानाइज वे’ मा नचलेका सामाजिक सञ्जालदेखि टेलिभिजन डराउनु पर्दैन : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 3 mins

लुम्बिनी । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरुलाई यूटुव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गर्नु भएको छ ।

अध्यक्ष ओलीले समाचारका स्रोतहरु टेलिभिजनसहितका सञ्चार माध्यामहरुनै भएकाले युटुव, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको ओलीको भनाई थियो । बुधबार बुटवलमा आयोजित लुम्विनी सामूदायिक टेलिभिजनको १७ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले सामाजिक सञ्जालहरुसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल बे्रकिङ न्यूजको सम्भावना नरहेको तर्क समेत गर्नु भयो ।

अध्यक्ष ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि समाचार माध्यमहरुलाई सुझाव दिनु भयो । विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिहरुको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यामहरुले पनि त्यसको प्रयोग गर्दै अघि बढाउनुपर्ने उहाँले बताउनु भयो ।

ओलीले भन्नु भयो, ‘अत्यन्तै तीव्रताका साथ आज दुनियाँमा सञ्चारका प्रविधिहरु अत्यन्तै विकास भइरहेका छन् । टेलिभिजनहरु एउटा कुरासँग अलि हच्किएको देख्छु–यूटुवसँग, के सँग, टिकटकसँग, फेसबुकसँग, सामाजिक सञ्जालसँग । त्यो सबैले समाचार प्राप्त गर्ने भनेको टेलिभिजनबाटै हो । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरुले बनाउने हो । त्यो त इन्डिभिजियोल्ली चलाउने कुरा हो । अर्गानाइज वे मा चलेको हुँदैन । त्यसकारण उनीहरुसँग वाईड इन्फरमेशन, इमिडियड इन्फरमेशन, फ्रेस इन्फरमेशन, वास्तवमा न्यूज बे्रकिङ उनीहरुबाट साधारणतया सम्भावना कम हुन्छ । किनभने कहाँ, के भएको हुन्छ ? उनीहरुको नेटवर्किङ त्यति हुँदैन । त्यसकारण यसको त नेट वर्किङ हुन्छ । नेटवर्क विस्तार गरौं । नयाँ प्रविधि भित्र्याऊ । यो कुरा चाँही तपाईहरुले ध्यानमा राख्नु हुनेछ भन्ने मैले ठानेको छु । मुख्य कुरा टिम स्पिरिट हो ।’

ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यामहरुको विकासले गति लिएको पनि स्मरण गराउनु भयो । त्यस अवसरमा उहाँले विश्वमा नै टेलिभिजन सञ्चार माध्यामको विकासको इतिहास लामो नभएको पनि उल्लेख गर्नु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?