काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने भएको छ ।
बुधवार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो।
‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ भनेका छौँ, अहिले तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेका छौ’बैठकपछि खतिवडाले भन्नुभयो ‘जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्छौ ।’
आफ्नो दलबाट को को मन्त्रिपरिषदमा पठाउने भन्ने टुंगो लागिसकेको भएपनि तीन मन्त्रालय नदिएसम्म नाम नखुलाउने उहाँले बताउनु भयो ।
उहाँले आफूहरुले धेरै कुरा त्याग गरेकोले पनि अहिले तीन मन्त्रालय पाउने ठाउँ नजिक आफ्नो दल पुगेको उहाँले बताउनु भयो ।
पार्टी प्रवक्तासमेत रहनुभएका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरु तयार भएर बसेको स्पष्ट पार्नुभयो ।
दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने प्रस्ताव राख्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई एक जनाको नाम पठाउन आग्रह गर्नुभएको थियो । त्यस पश्चात एकीकृत समाजवादीको आकस्मिक केन्द्रीय सचिवालय बैठक बसेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच