बैतडीको झुलाघाट नाकाबाट भित्रिनेहरुको स्वास्थ्य परीक्षण

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको झुलाघाट नाकाबाट फर्किने नागरिकहरुको स्वास्थ्य परीक्षण जारी रहेको छ । रोजगारीका लागि भारत गएका बैतडीसहीत सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्ला नागरिकहरु नयाँ बर्षका लागि झुलाघाट नाका भएर घर फर्किनेहरुको स्वास्थ्य परिक्षण भइरहेको हो ।
भारतबाट फर्किनेहरुको कोरोना भाइरससंगै मलेरिया, क्षयरोग र एचआइभिको पनि परिक्षण भइरहेको स्वास्थय कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो । झुलाघाट हेल्थ डेस्कमा ४ जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी गरी ५ पाँच जना जनशक्ति खटाएर स्वास्थ्य परिक्षण भइरहेको भट्टले बताउनुभयो ।

अहिले ५० देखि ६० जनासम्म झुलाघाट नाका भएर आउने गरेको झुलाघाट हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सुरज धामीले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण जारी भइरहेपनि आवश्यक स्वास्थ्य किड नहुँदा समस्या भइरहेको उहाँले बताउनुभयो । ‘पिढौरागढबाट आउनेहरुको कोरोना र क्षयरोगको परीक्षण भइरहेको छ’ उहाँले भन्नुभयो ‘त्यो भन्दा बाहिरबाट आउने नागरिकहरुको मलेरिया तथा एचआइभी पनि परीक्षण गरिरहेका छाैँ ।

दुई महिनाको अवधीमा भारतबाट झुलाघाट नाका भएर आउने तीन जनामा कोरोना पुष्टि भएको बताइएको छ । ती मध्ये बैतडीका एक जना, बझाङ्का एक जना रहेका छन् भने एक जना भारतमै बसोबास गर्ने नागरिक रहेकाले उनलाई सिमानानाकाबाटै फर्काइएको उहाँले जानकारी दिनुभयो ।

पछिल्ला केहीदिन यता नेपालमा पनि कोरोना भाइरसका संक्रमितहरुमा बढीरहेका छन् । छिमेकी भारतमा संक्रमणदर बढीरहेकाले त्यहाँबाट फर्किने नागरिकहरुको सिमानाकामा स्वास्थ्य परीक्षण भइरहेको हो । नयाँ बर्षका लागि भारतमा रहेकाले नेपालीहरु घर फर्किने भएकाले उनीहरुको सीमानाकामा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगशे प्रसाद भट्टले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?