सरकारको साझा न्युनतम कार्यक्रमले भोलिसम्ममा अन्तिम रुप पाउँछ : प्रमुख सचेतक लेखक

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताउनुभएको छ ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सरकारको साझा न्युनतम कार्यक्रमले बिहीबार(भोलि)सम्ममा अन्तिम रुप प्राप्त गर्ने बताउनु भयो ।

उहाँले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेताहरु समक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिनुभयो । आज ५ बजेसम्ममा कुनै संशोधन आएमा आवश्यक संशोधन गरी भोलीसम्ममा तयार पारिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘न्युनतम कार्यक्रम बनिराखेको छ । साझा न्यूनतम कार्यक्रममा काम भइराखेको छ । हामीले ड्राफ्ट गरिसकेका छौँ । त्यो ड्राफ्ट प्रश्तुत भएको छ सरकारसँग जोडिएका दलहरुका नेताहरुका बीचमा । आज पाँच बजेसम्ममा कसैको त्यसमा संशोधन, केही कुरा थप्नुपर्ने, केही कुरा झिक्नुपर्ने, केही सुधार गर्नुपर्ने कुरा भयो भने गर्ने । भोलि सम्ममा साझा न्युनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ । मन्त्रीहरुको शपथ पनि चाँडै हुन्छ ।’

उहाँले मन्त्रीहरुको सपथ पनि चाँडै हुने प्रतिक्रिया दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?