पाल्पाको रानीमहल पुगेर एमाले अध्यक्ष ओलीले खिचे ‘सेल्फी’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेमको प्रतिक रानीमहल पुुगेर पत्नी राधिका शाक्यसँग सेल्फी खिच्नुभएको छ ।

एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रमका लागि पाल्पा आउनुुभएका ओली बुधबार तानसेनस्थित रानीमहलमा रहेको नेपालको ताजमहलका रुपमा परिचित रानीमहल पुुगेर पत्नी राधिकासँग सेल्फी लिनुभएको हो ।

ओली दम्पतीले सेल्फी लिएको तस्वीर सामाजिक सञ्जालनमा व्यापक भएको छ । पाल्पाली ढाकाको कोट र टोपीमा चिटिक्क सजिएका ओलीले रानीमहल दबारलाई ब्यागराउण्डमा राखेर पत्नीसँगै सेल्फी लिनुुभएको हो । त्यहाँ पुग्नुुभएका ओलीले निकै आनन्द महसुुस भएको बताउनुुभयो । १ सय २५ बर्ष अघि पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको किनारमा निर्माण गरेको दरबार हेर्न लायक रहेको अध्यक्ष ओलीको भनाई छ । ‘रानीमहल आउँदा निकै आनन्द आएको छ, पहिले हेलिकोप्टरबाट हेरेको थिए, अहिले प्रत्यक्ष रुपमा हेर्न पाउदा खुसी लागेको छ ,यहाँ आएपछि सबै किसिमको पिर चिन्ता हराउने प्राकृतिक सुन्दरताले भरिएको पाए ’ओलीले भन्नुुभयो । प्रेम गर्ने व्यक्तिहरुको लागि त रानीमहल तिर्थस्थल नै रहेको उहाँको भनाई छ । ओली दम्पत्तीले रानीमहल दरवार र पाल्पा दरवार संग्रहालयमा आफैले टिकट काटेर अवलोकन गर्नुभयो ।

यहाँ पछिल्लो समय प्रेम साटासाट गर्ने युगल जोडीहरुको भीड लाग्ने गर्दछ । तानसेन नगरपालिका–१३, मा रहेको रानीमहलमा युवायुवतीहरु ‘भ्यालेन्टाइन विक’ बनाउन पुुग्छन् । जसको साक्षी बनेर उभिएको छ, कालीगण्डकीको किनारमा रहेको रानीमहल । फेब्रुअरी ७ दिनसम्म मनाइने प्रेम दिवसका अवसरमा युवा युवतीहरु यता आउने क्रम बढ्दो छ ।

ओली मंगलबार नेकपा एमाले पाल्पाले तानसेनको दमकडामा आयोजना गरेको मिसन ग्रासरुट अन्तर्गतको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्न पाल्पा आउनुुभएको थियो । सोही क्रममा उहाँले यहाँका ऐतिहासिक, साँस्कृतिक, धार्मिक स्थलहरुको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य, एमाले उपमहासचिव प्रदिप कुमार ज्ञवाली, स्थाीय कमिटी सदस्य राजन भट्टराई लगायतको टोलीले पाल्पाको रानीमहल, ऐतिहासिक दरबार संग्रहालय अवलोकन गरेका हुन् ।

अध्यक्ष ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि फोटो सेयर गर्नुभएको छ । उहाँले आहा रानीमहल ! लेख्नुभएको छ ।
उहाँले पार्टीको मिसन ग्रासरुट अभियानमा पाल्पा आउँदा रानीमहल घुम्ने अवसर मिलेकोमा पाल्पाका पार्टी नेता, कार्यकर्ता र सम्पूर्ण पाल्पालीहरुलाई न्यानो स्वागतका लागि धन्यवाद समेत दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?