सत्ता गठबन्धनले मोटामोटी टुंग्यायो मन्त्रालय भागबण्डा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । कुन दललाई कुन मन्त्रालय भन्ने मोटामोटी सहमति भएको छ ।

साथै गठबन्धनमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न सहमति जुटेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको हो ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘भोलि बेलुका शपथ हुने जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लाग्यो ।’

कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उहाँको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?