भोजपुर गोल्डकप : रुपन्देहीलाई हराउँदै क्यामरुन फाइनल प्रवेश

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैठौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत बुधवार भएको अन्तिम सेमिफाइनल खेलमा गत बर्षको बिजेता रुपन्देहीलाई तीन गोलले हराउँदै क्यामरुन फाइनल प्रवेश गरेको छ ।

निर्धारित समयमा एभिनियर फुटवल क्लव क्यामरुनका तर्फबाट ३ गोल हुदाँ प्रतिस्पर्धामा रहेको गोर्खा ब्वाइज रुपन्देहीले गोल गर्न सकेन । प्रतियोगिताका लागि एभिनियर फुटवल क्लव क्यामरुनका तर्फबाट जर्सी नम्वर १३ का खेलाडी मेसीले खेलको ३४ औ मिनेट, जर्सी नम्वर १० का खेलाडी टिम्बाले खेलको ३९ औ मिनेट र जर्सी नम्वर ४ का खेलाडी बोयोमोले ६८ औ मिनेटमा एक/एक गोल गरे पछि खेल तीन शुन्यको अवस्थामा पुगेको हो ।

प्रतियोगिताको म्यान अफ द म्याच क्यामरुनका जर्सी नम्वर १० का खेलाडी टिम्बा हुनु भयो ।

बिहिवार हुने फाइनल खेल सेमिफाइनलका बिजेता आयोजक घरेलु टिम भोजपुर जिल्ला फुटवल संघ र एभिनियर फुटवल क्लव क्यामरुनका बिच हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताउनुभयो ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका थिए । करिव ३२ लाख ८० हजारको लागतमा संचालन भएको प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ ।

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?