मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप : मनाङ मस्याङ्दी फाईनलमा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । मनाङ मस्याङ्दी क्लब धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नजिक पुगेको छ । धनगढी रङ्गशालामा आज भएको पहिलो सेमिफाईनल खेलमा पुरै खेलाडी बिना मैदान उत्रिएको क्यामरुनको एभिनियर फुटबल क्लबमाथि ६–० गोल अन्तरको सानदार जित दर्ता गर्दै मनाङ उपाधि नजिक पुगेको हो । उपाधिका लागि मनाङले आयोजक सुदुरपश्चिम ११ र थ्रीस्टार बीच हुने दोस्रो सेमिफाईनलको विजेतासँग खेल्नेछ ।

मनाङको जितमा सुडिजो अजमोल जमालले ह्याट्रिक गरे । उनले खेलको ५९ औं, ६७ औं र ७७ औं मिनेटमा गोल गरे । जीवन गुरुङ, अनिल गुरुङ र प्रसन्न श्रेष्ठले एक एक गोल गरे । जीवनले १२ औं, प्रसन्नले ५४ औं र अनिलले ८१ औं मिनेटमा गोल गरे । ह्याट्रिक गरेका मनाङका सुडिजो अजमोल जमाल खेलको म्याच अफ द म्याच भए ।

भोलि दोस्रो सेमिफाईनलमा सुदुरपश्चिम ११ र थ्रीस्टार भिड्नेछन् । चैत १८ गते प्रतियोगिताको फाईनल हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?