‘यात्रा जिन्दगीको’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपन्यास कृति ‘यात्रा जिन्दगीको’ लोकार्पण भएको छ । साहित्यकार महेशराज खरेलको पहिलो उपन्यास कृति ‘यात्रा जिन्दगीको’ काठमाडौंमा एक कार्यक्रमबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतले लोकार्पण गर्नुभएको हो ।

उपन्यास सार्वजनिक गर्दै सभामुख घिमिरेले खरेलको उपन्यासमा पूर्वी पहाडी जीवन छर्लंग देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस उपन्यासमा हामी हुर्किएको समाज, हामीले भोगेको पूर्वी पहाडको जीवन र त्यहाँको परिवेशको यथार्थ चित्रण गरिएको छ ।’

कार्यक्रममा समीक्षात्मक टिप्पणी गर्दै डा.फणिन्द्रराज निरौलाले खरेलको उपन्यास प्रगतिधारामा उभिएको जिकिर गर्नुभयो । उहाँले यस कृतिमा खरेलका जीवन भोगाइ प्रस्तुत भएकोले यसलाई उपन्यास भन्ने कि नभन्ने विषयमा शंका रहेको पनि धाराणा राख्नुभयो ।
अर्का समीक्षक डा.रजनी ढकालले उपन्यासको केन्द्रमा उपन्यासकार खरेलकी आमा अयोध्या खरेल रहेको, उहाँको त्याग, समर्पण र संघर्षका कथाहरू भएको उल्लेख गर्दै कृतिको नाम ‘अयोध्या’ राखेको भए हुने विचार राख्नुभयो ।

नेपाली साहित्यिकवृत्तमा पहिले पनि अनुभवोन्यासहरू आइसकेकाले यसलाई उपन्यास भन्न सकिने उहाँको तर्क थियो । शुभकामना मन्तव्य दिँदै प्रा.डा.गोविन्दराज भट्टराईले खरेलको कृतिमा जीवन दर्शन रहेको उल्लेख गर्नुभयो । त्यस्तै प्रा.डा.यादवप्रकाश लामिछानेले पूर्वी पहाडबाट बसाइ सर्न बाध्य पारिएका परिवारको कथा यसमा रहेको सुनाउनुभयो ।

शब्द संयोजन साहित्यिक मासिक पत्रिकाको आयोजनामा सम्पन्न कार्यक्रममा उपन्यासकार खरेलकी ९१ वर्षीया आमा अध्योध्या खरेल, उपन्यासकार खरेल, कवि वासुदेव अधिकारी, सुमी लोहनीलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?