तल्लो खारेखोला आयोजनामा तोडफोड र कुटपिट

Read Time = 2 mins

दोलखा । युनिभर्सल पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित दोलखा जिल्ला गौरीशंकर गाउँपालिकास्थित तल्लो खारेखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रभित्र मंगलबार तोडफोड भएको छ । रातको समयमा बाइकमा आएका चंखु निवासी भुवन श्रेष्ठ र केही अराजक समूह अनधिकृतरूपमा प्रवेश गरी कम्पनीका कर्मचारीलाई कुटपिटसमेत गरेको कम्पनीले जनाएको छ ।

भुवन श्रेष्ठलगायतका समूहले भाग्दै गरेका कर्मचारीलाई लखेट्दा कर्मचारी विनोद महतलाई पक्रिएर हातपात गरी घाइते बनाएका छन् । घटना राती साढे ११ बजे भएको कम्पनीले जनाएको छ । साथै आयोजनाको कम्प्युटर, सिसिटिभीलगायतका भौतिक संरचनामा पनि तोडफोड गरी करिब ५० लाख रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको दाबी गर्दै कम्पनीले उक्त अराजक कार्य गर्ने व्यक्ति र समूहमाथि हदैसम्मको कारबाहीको माग गरी प्रहरी प्रशासनमा उजुरी गरेको छ । निर्दोष कर्मचारीमाथि ज्यान मार्ने नियतले आक्रमण हुँदा कर्मचारी भयभीत रहेका र शान्तिसुरक्षाको प्रत्याभूति नहुँदा काम गर्ने मनोबल नरहेको आयोजनाका जनसम्पर्क अधिकृत हरि पन्थीले बताउनुभएको छ ।

कम्पनीले निर्माणकालदेखि हालसम्म स्थानीय सरोकार समिति र गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीको सामाजिक आर्थिक विकासका लागि विद्यालय, सिँचाइ, खानेपानी, सडक निर्माण, गुम्बा संरक्षणलगायतका कार्यमा सहयोग गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?