सिएनआई र इण्डियन च्याम्बरबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवद्र्धनलगायतमा सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवाल र इण्डियन च्याम्बरका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गर्नुभएको छ । दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवद्र्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीको आदानप्रदानलगायतमा सहकार्य हुने सिएनआईले जनाएको छ ।

सो अवसरमा अध्यक्ष अग्रवालले भारतको सबैभन्दा पुरानो संस्था इण्डियन च्याम्बरसँगको सहकार्यले दुुई देशबीच व्यवसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सिएनआईले अघि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवद्र्धनलगायत दुई देशका उत्पादन तथा सेवाको प्रवद्र्धनमा दुई संस्थाबीच सहकार्य हुने उहाँले बताउनुभयो ।

इण्डियन च्याम्बरका वरिष्ठ उपाध्यक्ष प्रभुले सहकार्य दुई देशबीच उद्योग, व्यापार र लगानीका क्षेत्रमा नयाँ सम्भावना खोज्न महत्वपूर्ण हुने बताउनुभयो । सिएनआईका उपाध्यक्ष निर्वाण चौधरीले सिएनआई र इण्डियन च्याम्बरबीचको सहकार्यले उद्योगीका समस्या, चुनौती पहिचान एवं समाधानका लागि दुवै संस्थाले लबिङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, महानिर्देशक दिपकराज जोशी, इण्डियन च्याम्बरका महानिर्देशक डा. राजीव सिंहलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?