बस सेवाको सुनको हार

Read Time = 1 min

काठमाडौं । नेपालमा अनलाइनमार्फत् बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले ‘सुनको हार’ उपहार योजना ल्याएको छ । नयाँ वर्ष २०८० मा घुम्न जाने यात्रुलाई लक्षित गर्दै नयाँ योजना ल्याएको कम्पनीले जनाएको छ । वैशाख ५ गतेसम्म लागू हुने योजनामा सहभागी यात्रुले अनलाइनमार्फत् टिकट लिएको हुनुपर्नेछ ।

आफू जाने दिनमा अनलाइन टिक लिने यात्रुलाई अग्रिम टिकट लिन बानी बसाल्न पनि यस्तो योजना ल्याएको कम्पनीको भनाइ छ । २० दिन अवधिमा अनलाइनमार्फत् टिकट लिने यात्रुमध्ये एकजनाले गोलाप्रथामार्फत् सुनको हार जित्न सक्नेछन् भने अर्का दुईजनाले आकर्षक उपहार प्राप्त गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?