गायक डाँगी सम्मानित

Read Time = 1 min

काठमाडौं । तीन दर्जनभन्दा बढी गीतमा स्वर दिनुभएका हेमराज डाँगी हालै राजधानीमा समपन्न अवार्ड कार्यक्रममा सम्मानित हुनुभएको छ । गीतसंगीतको क्षेत्रमा सक्रिय डाँगी ‘विशाल लुम्बिनी लोकदोहरी अवार्ड २०७९’ मा पर्व गीत दशैँ आइसक्योबाट सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्डबाट सम्मानित हुनुभएको हो ।

विशाल मुभिज प्रा.लि.द्वारा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजित अवार्ड कार्यक्रममा ३१ विधामा ५१ जना सर्जक, कलाकार र प्राविधिक सम्मानित भएका थिए । अवार्ड कार्यक्रम पूर्वकृषिमन्त्री तथा सांसद छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सल्यान जिल्ला बागचौर नगरपालिका–३ मा जन्मिनुभएका डाँगीले २०६९ देखि गायनसँगै रेकर्डिङको कार्य गर्दै आइरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?