स्याङ्जाको चापाकोट अस्पतालमा दन्त विभागको स्थापना

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । चापाकोट अस्पताल स्याङ्जामा दन्त विभागको स्थापना र दन्त उपचार सेवा शुभारम्भ गरिएको छ ।

रोटरी क्लब अफ काठमाडौं नर्थ डिस्ट्रिक ३२९२, रोटरी क्लब अफ उकु जिङ्जोङ, न्यु ताइपे ताइवान डिस्ट्रिक्ट ३४९० को र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा कान्तिपुर डेन्टल अस्पतालको सहयोगमा सो अस्पतालमा दन्त उपचार सेवा आजबाट शुभारम्भ भएको छ ।

चापाकोट नगर प्रमुख देवबहादुर खाँड (ईश्वर) र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष, रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्व अध्यक्ष समेत रहेका डा. बुद्धिमान श्रेष्ठद्वारा उक्त दन्त विभाग तथा दन्त उपचार सेवाको संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा प्रमुख अतिथि चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाँड (ईश्वर) ले दन्त सेवाको विस्तार गरी जनताको दाँतको उपचारको लागि बाहिर जान नपर्ने गरी विभाग स्थापना हुनु चापाकोटबासीका लागि खुसीको कुरा भएको बताउँदै आफू अस्पतालको विकास र स्तरोन्नतिका लागि सध्रैँ तयार रहेको बताउनुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्व अध्यक्ष तथा कान्तिपुर डेन्टल कलेज अस्पतालका अध्यक्ष रोटरियन डा.बुद्दिमान श्रेष्ठले रोटरी क्लब, रोटरी ईन्टरनेशनल र यसका कार्यक्रमहरु, मुख तथा दन्त स्वास्थ्यको महत्वको बारेमा चर्चा गर्दै आफ्नै पालिकामा दन्त विभाग स्थापना गरि जनताहरुलाई सेवा विस्तार गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले नगर प्रमुख खाँड, आफु र पूर्व वडा अध्यक्ष शंकरभक्त भण्डारीले पहल गरि कान्तिपुर डेन्टल कलेजका अध्यक्षलाई सहयोगको लागि माग गरेको र सो पुरा भएकोमा खुसी व्यक्त गर्नुभयो ।

चापाकोट अस्पताल विकास समितिका अध्यक्ष उत्तम आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत भाषण गर्दै अस्पतालका मे.सु. डा. सुमनले चापाकोट अस्पतालमा दन्त स्वास्थ्य सेवा धेरै आवश्यकता महशुस भइरहेको बेला दन्त विभाग स्थापना भएकोमा खुसी व्यक्त गर्नु भयो । त्यस्तै अस्पतालका सि. मेडिकल अधिकृत डा. विक्रम तिवारीले सबै मिलेर गए चापाकोटकै स्वास्थ्य राम्रो हुने भन्दै आफु कार्यरत अस्पतालमा मुख तथा दन्त स्वास्थ्य सेवा थपिएकोमा यसमा संलग्न सबै व्यक्ति र संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

अस्पतालमा करिब २० लाख रुपैयाँ बराबरका दन्त स्वास्थ्य सम्बन्धी उपकरण व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?