मन्त्रिपरिषद् विस्तार आज, ९ दल सरकारमा सहभागी हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ। बुधबार बसेको सत्ता गठबन्धन बैठकमा मन्त्रालय भागबण्डा टुंगिएपछि प्रधानमन्त्रीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नुभएको हो ।

साधन र स्रोतको उपलब्धताका हिसाबले आकर्षक मानिने केही विकासे मन्त्रालयमा दलहरूबीच दोहोरो-तेहरो दाबी रहेकाले लामो समयदेखि सरकारले पूर्णता पाउन सकेको थिएन ।

भागबण्डाअनुसार नेपाली कांग्रेसलाई ८, माओवादीलाई ५, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई २–२ मन्त्रालय दिने सहमति भएको छ ।

लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले १-१ वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ ।

एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने छ । कुन मन्त्रालय कसलाई दिने भन्नेबारे भने सहमति जुटिसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?