श्रीलंकाको आर्थिक स्थिति सुध्रिएको भन्दै इन्धनको मूल्य घटाइयो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चरम आर्थिक संकटवाट गुज्रिएको श्रीलंकाले आफनो आर्थिक स्थितिमा सुधार ल्याएसँगै इन्धनको मूल्य घटाउने भएको छ ।

आर्थिक स्थिति क्रमश नियन्त्रणका साथै सुधार हुँदै गएको जनाउँदै ऊर्जामन्त्री कञ्चना विजेसेकराले बिहीबार मध्यरातदेखि इन्धनको मूल्य घटाइने जनाएकी छिन ।

मन्त्री विजेसेकराका अनुसार मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० ले घटनेछ भने जसअनुसार उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउनेछन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएकी छिन् ।

साथै अमेरिकी डलरको तुलनामा श्रीलंकाली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?